Latest News

प्रचण्ड नेतृत्वको सरकार ढाल्न गगन थापा सक्रिय, ओलीसँगको भेटमा के–के भयो कुराकानी ?

Nepalese Times July 9, 2023 (9 Month ago)    468 Views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न अनेक प्रपञ्च रचिरहेका छन् । ओलीको बटमलाईन नै प्रधानमन्त्री प्रचण्डको राजीनामा रहेको छ । यहि बटमलाईनमा टेकेर एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको साहस पछिल्लो दिनमा ह्वात्तै बढ्नुमा कांग्रेसकै केही नेताहरुको ठूलो हात रहेको खुलेको छ । निरन्तर भ्रष्टाचारका फाईलहरु खोलिरहेको प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा नै सक्रिय भईरहेका छन् । उनले जस्तोसुकै कदमका लागि पनि होमा हो मिलाएर अहिलेको सरकारलाई समर्थन गरेर बसिरहन नसक्ने भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिईरहेका छन् । यस्तै अहिलेको सत्ता गठबन्धनले गरेका कतिपय निर्णयहरुमा अर्का नेता शेखर कोइरालाले पनि खुलेरै विरोध जनाईरहेका छन् ।

कोशी प्रदेश सरकारमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुँदासमेत कांग्रेस नेता शेखर कोइरालाले सभामुखको हस्ताक्षर समावेश भएकोमा आपत्ति जनाए । उनको आपत्ति यसमा भन्दा पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने रणनीतिको रुपमा अथ्र्याउन थालिएको छ ।
यसबीचमा प्रचण्ड नेतृत्वको सरकार हत्याउनका लागि कांग्रेस महामन्त्री गगन थापाले धेरैपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । भेटका क्रममा ओलीले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने भन्दै विभिन्न विकल्पहरु दिईरहेका छन् ।

उनीहरुबीच जसरी हुन्छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले र कांग्रेस नेतृत्वको सरकार गठन हुँदा साना दलहरुले खेल्न नसक्ने निष्कर्षमा छन् । यता गगन थापा भने आफ्नो कित्ताबाट शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर पार्टी सभापति आफूले हत्याउने दाउमा छन् । सभापति शेरबहादुर निकट नेताहरुलाई नै प्रयोग गरेर महामन्त्री गगन थापा र नेता शेखर कोईरालाले शेरबहादुर देउवालाई फकाउने कोसिस गरिरहेका छन् ।

गगन थापा शेखर कोइरालालाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीमा उभ्याउन चाहन्छन् भने आफू पार्टी सभापतिको नेतृत्व हत्याउन उद्धत देखिन्छन् । कांग्रेसभित्रको गुटगत राजनीति मौलाउँदै जाँदा गगन थापाहरुले एमाले अध्यक्ष ओलीको साथ खोजिरहेका हुन् । प्रधानमन्त्री प्रचण्ड ओली कित्ताबाट प्रधानमन्त्री बन्दा उनै गगन थापाहरुले पार्टी सभापति देउवालाई धारेहात लगाएर गाली गरेका थिए । अहिले फेरि त्यहि प्रचण्ड कांग्रेस कित्तामा आएर प्रधानमन्त्री बन्दा देउवामाथि धारे हात लगाउँदै गाली गर्न थालेका हुन् ।

त्यहि रणनीति अनुसार अहिले एमालेले संसदमा प्रधानमन्त्रीको कुनै कुरा सुन्ने, एकमात्र विकल्प राजीनामा भएको बटमलाईन प्रस्तुत गर्दा कांग्रेसका नेताहरु तारन्तार प्रधानमन्त्री प्रचण्डसँग खनिन थालेका छन् । यता प्रधानमन्त्री प्रचण्डले पनि आफू केही गर्नका लागि यो पटक प्रधानमन्त्री बनेको र धेरै विरोध नगर्न भन्दै कांग्रेस महामन्त्री गगन थापालाई मुखभरीको जवाफ दिईरहेका छन् ।

तर, गगन थापा र शेखर कोइरालाको प्रचण्ड सरकार ढाल्ने प्रयासमा शेरबदुर देउवा मान्न तयार छैनन् । शक्तिशाली पार्टी नेकपा एमालेसँग सहकार्य गरेर आफू कमजोर बन्नुभन्दा कमजोर शक्तिलाई बुईमा चढाएर आफू शक्तिशाली बनेर अघि बढ्नुमा नै हित रहेको देउवाको निष्कर्ष छ । चाहने हने भने अहिले नै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विकल्प रहँदा रहँदै पनि देउवाले प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै मौनता साँधिरहेका छन् । उनको मौनतालाई धेरैजनताले अर्थपूर्ण रुपमा हेरेका छन् । तर, कांग्रेसका गगन थापाहरु भने एमाले अध्यक्ष ओलीको मिसन अनुसार अघि बढ्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस