Latest News

यी हुन् वान एक्स बेट कारोबारी आरोपमा पक्राउ परेका ८ कलाकारहरु

Nepalese Times June 15, 2023 (10 Month ago)    524 Views

काठमाडौं । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका कलाकार र युट्युबरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलेसार्वजनिक गरेको हो ।

पक्राउ पर्ने कलाकारहरुमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल राजुमास्टर, पवन खतिवडा म्याकुरी, बेगम नेपाली भटभटे माइला, युट्युबर एलिश राई, युट्युबर जलन घर्तीमगर जलन, गणेश देवकोटा जिडी र सरोज घिमिरे ढेडो बुढो रहेका छन् ।

युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका अनुसार ती कलाकार र युटुवरले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दै आएका थिए ।

बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस