Latest News

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

Nepalese Times June 14, 2023 (10 Month ago)    307 Views

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

अस्पतालले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा।चन्द्रमणि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस