Latest News

भक्तपुर २ मा कांग्रेसका थापाको अग्रता, कसको मत कति ?

Nepalese Times November 21, 2022 (1 Year ago)    980 Views

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। उनले दुई हजार २३० मत ल्याएका छन्  । यस्तै नेकपा एमालेमा उम्मेदवार महेश बस्नेतले एक हजार ६३२ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पाटीका मोहन केसीले २३२ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले २५० मत ल्याएका छन्। यस्तै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरू गर्ने तयारी गरिएको उनले जानकारी दिनुए। काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ।

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरू गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरू गरिएको जानकारी दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस