Latest News

कांग्रेसले गर्‍यो यी ‘बागी’ उमेदवारलाई कारबाही

Nepalese Times October 13, 2022 (1 Year ago)    723 Views

काठमाडौं । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’का ‘बागी’ उमेदवारलाई कारबाही गरेको छ ।

कांग्रेसले स्वतन्त्र उमेदवारी दिएका भरतबहादुर शाही र उनका प्रस्तावक तथा समर्थकलाई कारबाही गरेको हो । शाहीसहित उनका प्रस्तावक कमल सन्ज्याल र समर्थक प्रेम कुमार विकलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कैलाली २ प्रदेश क्षेत्र ‘ख’का सभापति तेजप्रताप मल्लले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने आम निवाचनमा पार्टीको आधिकारिक निर्णय तथा गठबन्धनविरुद्ध ‘बागी’ उमेदवारी दिएका शाहीले पार्टीले उमेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि नलिएपछि कारबाहीमा परेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

कांग्रेस प्रदेश क्षेत्र ‘ख’ कैलालीका सभापति तेजप्रताप मल्लले जारी गरेको विज्ञप्तिमा पार्टीको विधान २०२६ संशोधनसहितको धारा ३४ उपधारा १ (घ) उलंघन गरिएकोले निजहरूलाई धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस