Latest News

अन्तिम समयमा कांग्रेसबाट टिकट नपाएका स्वर्णीम वाग्ले के गर्लान् ? दिए यस्तो प्रतिक्रिया (भिडिओसहित)

Nepalese Times October 10, 2022 (1 Year ago)    1129 Views

काठमाडौं । आउँदो मंसिर ४ गते हुने चुनावको लागि आइतरबार मनोनयन दर्ता सम्पन्न भएको छ । टिकट पाउने उम्मेदवारले प्रचार प्रसार सुरु गरिसकेका छन् । टिकट नपाउने केहि उम्मेदवारले भने पार्टी छाड्ने, बागी उम्मेदवारी दिने तथा अर्को दलसँग मिल्नेसम्मका हर्कत गरिरहेका छन् ।

तर नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गर्दा पनि टिकट नपाएका अर्थशास्त्री स्वर्णीम वाग्ले भने टिकट नपाउने अरु भन्दा फरक देखिएका छन् । पार्टीले टिकट नदिएपनि उनले घोषणापत्र लेख्ने र राम्रा उम्मेदवारको प्रचारमा हिड्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हजारौं शुभचिन्तकहरुले देखाउनुभएको स्नेहप्रति आभारी छु। अब घोषणापत्रको काम सक्छु, अनि नेपालमा *असल शासन र समुन्नति* को मुद्दा बोक्ने निष्ठावान उम्मेदवारहरुको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु।”

वाग्ले टिकटको लागि दौडधुपमा थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले पनि वाग्लेलाई उम्मेदवार बनाउन पहल गरेका थिए । तर सभापति शेरबहादुर देउवाले टिकट दिएनन् । सुरुमा चितवन-१ बाट वाग्ले चुनाव लड्ने हल्ला थियो तर अर्का अर्थशास्त्री तथा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बाजी मारे ।

टिकट नपाएका स्वर्णीम वाग्लेले चुनावको समयमा घोषणापत्र लेख्ने, राम्रा उम्मेदवारको प्रचारमा सहभागि हुने र आफूले नेतृत्व गरेको आईआईडिउस संस्थाको थप उन्नतिको लागि काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस