Latest News

प्रधानमन्त्री देउवा पत्नी आरजु कैलाली–५ बाट सिफारिस

Nepalese Times September 1, 2022 (1 Year ago)    330 Views

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बन्ने भएकी छिन् । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली उनी क्षेत्र नं ५ बाट सिफारिस भएकी छन् । कैलाली ५ बाट उनको नाम एकल सिफारिसमा परेको हो ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

कैलाली(५ का सभापति भीम पडालले बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको बताए । उनका अनुसार क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली(५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस हुने बताए । ुप्रदेश कार्यसमितिले एकल सिफारिस गर्न निर्णय गरिसकेका छन् । अब प्रतिनिधिसभा क्षेत्रले पनि त्यही निर्णय गर्छ, उनले भने, ‘यहाँबाट एकल सिफारिस हुन्छ ।’

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् । उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस