Latest News

भक्तपुर नगरपालिकाका मेयर उम्मेदवार रविन्द्रले सार्वजनिक गरे निर्वाचन खर्च विवरण

Nepalese Times August 25, 2022 (1 Year ago)    437 Views

काठमाडौं । नगरपालिकाको प्रमुख पदका प्रत्यासी रविन्द्र लाछिमस्युले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएर पराजित भएका उनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् ।

निर्वाचन आयोगमा चुनाव सकिएको ७ दिनभित्रै आफूले खर्च विवरण  सार्वजनिक गरेको रविन्द्रको भनाई छ । उनले भक्तपुर नगरपालिकाका कर्मचारीको लापर्वाहीका कारण नगरपालिकामा खर्च विवरणकाे सूचना टाँस नभएपछि संचारमाध्यममार्फत खर्च विवरण सार्वजनिक गरिएको बताएका छन् ।

यहि ७ गतेभित्र नगरपालिकालाई खर्च विवरण बुझाउनुपर्ने भनिएको भएपनि नगरपालिकाका कर्मचारीले स्पष्ट नीति छैन भनेर सूचना टाँस गर्न नमानेपछि संचारमाध्यमको सहारा लिनुपरेको उनको भनाइ छ ।

उनले सार्वजनिक गरेको विवरण अनुसार १० थान मतदाना नामावली खर्च ५ हजार ५ सय रुपैयाँ भएको छ । यस्तै सवारी साधनमा १० हजार रुपैयाँ, सवारी ईन्धनमा ४ हजार, प्रचार प्रसार सामग्रीमा १० हजार रुपैयाँ, गोष्ठी/कार्यकर्ता परिचालनमा २० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै अन्य प्रचार–प्रसार, छापा एवम् विद्युतीय माध्यम शीर्षकमा २ हजार ५ सय रुपैयाँ, कार्यलय संचालनका लागि ५ हजार रुपैयाँ, प्रतिनिधि परिचालनका लागि ५० हजार रुपैयाँ र विविध शिर्षकमा १० हजार रुपैयाँ खर्च भएको छ ।

आफूले १ लाख ४० हजार ५ सय रुपैयाँ निर्वाचन खर्च गरेको मेयर पदका उम्मेदवार रविन्द्रले नेप्लिज टाइम्सलाई बताएका छन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका रविन्द्र लाछिमस्युले ३१ सयभन्दा बढि मत पाएका थिए ।

तर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापतिले दो स्रो कार्यकालको लागि करीब ३१ हजार मत प्राप्त गरेर विजयी भएका थिए । यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलाले करीब ३३ सय मत ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस