Latest News

डोटीबाट चुनाव लड्ने देउवाको घोषणा, फेसबुकमा लेखे यस्तो स्टाटस

Nepalese Times August 25, 2022 (1 Year ago)    294 Views

धनगढी। नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले डोटीबाट प्रतिनिधी सभामा उम्मेदबारी दिने भएका छन् । डोटीमा एक मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा देउवाले उम्मेदबारी दिने घोषणा गरेका छन् । डोटी जिल्लाबाट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको प्रतिनिधी सभाका लागि उम्मेदवारी रहने बताएका छन् ।

४६ बर्षिय देउवाले २०४७ सालदेखी नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए । डोटीको घण्टेश्वर माध्यामिक विद्यालय जोरायलमा नेविसंघको इकाई उपाध्यक्ष हुँदै उनी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि २०४८ सालमा नेविसंघको जिल्ला कार्यसमितिको उपाध्यक्ष चुनिएका उनि सोही वर्ष सम्पन्न नेविसंको बुटवल महाधिवेशनका प्रतिनिधी चुनिएका थिए । त्यसपछि २०५४ सालमा बानेश्वर क्याम्पस काठमाण्डौँमा स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष पदमा चुनाव जितेका थिए । उनको त्यो कार्यकाल २०५७ सालसम्म रह्यो ।

युवा नेता देउवा २०५९ सालमा नेविसंघ केन्द्रीय सदस्यमा चुनिएका थिए । २०६२ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा प्रत्यासी थिए । यस्तै २०७३ सालमा सम्पन्न नेपाल तरुण दलको महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी रहेका युवा नेता देउवाले पार्टीका नेताहरुको आग्रहमा सर्वसम्मतीका लागि जीतजंग बस्नेतलाई छाडेका थिए ।युवा नेता देउवा हाल नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य छन् ।

देउवाले समाजिक सञ्जालमा यस्तो घोषणा गरेका छन् ।
युवा नेता देउवाले लोकतन्त्र प्राप्तीका लागि विभिन्न समयमा भएका संघर्षहरुमा राजधानी र देशका विभिन्न सहरहरुमा रहेर आफ्नो भूमिका निर्वाह गरेका छन् । साथै शैक्षिक सुधारका सवालमा लामो संघर्ष गरेका छन् ।नेपाल बिद्यार्थी संघ को राजनीति बाट राजनीतिक जीवन सुरु गर्दै नेपाल तरुण दल र नेपाली कांग्रेस केन्द्रिय सदस्य को प्रत्यासी सम्म जम्मा ३३ बर्ष नेपाली कांग्रेस लाई अबिचलित हुदै योगदान गरेको सबैमा सर्बबिधितनैछ। डोटी जिल्लामा लोकतान्त्रिक संस्कार सहित को राजनीति युवा को चाहाना र आबस्यक्तालाई मध्यनजर गर्दै युवा सोरोजगार गराउन , जिल्लाभर रहेका बिकास निर्माण जस्तै (सडक , बिजुली, खाने पानी, पुल, शिचाइ, स्वास्थ, शिक्षा, खेलकुद र कृषि मा विशेष सेवा गर्ने साथै जिल्ला भित्र रहेका हरेक युवा को पान नम्बर होस हरेक युवा ले राज्य लाई कर तिर्न योग्य बनाउने पबित्र उद्देश्यका साथ मंसिर ४ मा डोटी बाट मेरो उम्मेदवारी घोषणा गर्न चाहान्छु। सम्पुर्ण आमा, बुवा, दिदीबहिनी युवासाथीहरू, विद्वान बर्ग, ब्यापारी, किसान सम्पुर्ण अग्रजहरुको साथ र सहयोगको अपेक्षा गद्र्छु। जय नेपाल ।

प्रतिक्रिया दिनुहोस