Latest News

सत्ता गठबन्धनको बैठक सकियो, के-के भयो निर्णय ?

Nepalese Times August 23, 2022 (1 Year ago)    281 Views

काठमाडौं ।

सत्ता गठबन्धनको मंगलबारको बैठक पनि निष्कर्षविहीन भएको छ ।

सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि उनीहरुबीचको बैठक बिनानिष्कर्ष सकिएको हो ।

बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधवारका लागि सारिएको उनले बताए ।

गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाइएको उनले बताए ।

मापदण्डमात्र भनेर नहुने भन्दै उनले चुनाव जित्नेगरी गठबन्धन गरिने उनको भनाइ छ । उनले बुधवार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते विहीवारभित्र टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस