Latest News

राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक

Nepalese Times August 21, 2022 (1 Year ago)    308 Views

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी)ले शपथ लिएका हुन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस