Latest News

पूर्वमेयर केशव स्थापितले बालेनलाई दिए यस्तो सुझाव

Nepalese Times August 21, 2022 (1 Year ago)    339 Views

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितले जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न सुझाव दिएका छन्।

महानगरको मेयरमा बालेन्द्र शाहसँग पराजित स्थापितले निर्वाचनमा जित हारलाई सामान्य रुपमा लिएको पनि बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’

निर्वाचनमा पराजित भएपनि काठमाडौंको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनको भनाई छ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन्’ उनले लेखेका छन्, ‘यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन।’

प्रतिक्रिया दिनुहोस