Latest News

गुल्मी – २ मा एमालेको विरासत तोडेर देखाउँछु : रामकुमारी झाँक्री

Nepalese Times August 21, 2022 (1 Year ago)    340 Views

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्वर – २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने उद्घोष गरेकी छन् ।

आईतबार गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले आगामी निर्वाचनमा एमालेको विरासत आफुले तोडेर देखाउने उद्घोष गरेकी हुन् ।

उनले कार्यकर्ताहरुलाई भनिन् – ‘गुल्मी क्षेत्र नम्वर – २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन नजिकिदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

उनले गुल्मी क्षेत्र नम्वर–२ का नेताहरुको नाम नलिई थपिन् – ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपटी सुरु भएको छ । उनिहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भए । अब जनताले विकल्प खोजेका छन् । र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ।’

शनिवारदेखि सुरु भएकाे प्रशिक्षण भोलिसम्म चल्ने छ । जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्वोधन गर्न आज दिउँसो ३ बजेतिर सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आउने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस