Latest News

ज्योती मगरले पनि गर्ने भइन् विवाह, को हुन् हुनेवाला श्रीमान ?

Nepalese Times August 17, 2022 (1 Year ago)    451 Views

काठमाडौं ।

कलाकारिता क्षेत्रमा लागेकाहरुको नीजि जीवनबारे धेरैलाई चासो हुने गर्छ । उनीहरुको जीवनशैली र दैनिकीबारे जान्न ईच्छुक नहुने प्राय कमै होलान् ।

अभिनेता, गायिकालगायत कलाकारहरुको विवाहदेखि बच्चा जन्माउने योजनासम्मका विषयहरु संचारमाध्यममा प्राथमिकताका साथ प्रकाशित र प्रशारित हुने गर्छछन् ।

केही दिनअघि मात्रै गायिका मेलिना राईले ईन्गेजमेन्ट तोडेको खबर छ्यापछ्याप्ती भयो । संजिब बराईलीसँग विवाह गर्ने भनेर इन्गेजमेन्ट गरेको भएपनि अहिले आफूहरुबीचको इन्गेजमेन्ट तोडिएको राईले सामाजिक संजालमार्फत जानकारी गराईन् ।

अहिले फेरि अर्को खबर बाहिरिएको छ । बहुमुखी प्रतिभाकी धनी कलाकार ज्योती मगर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

उनले सम्भव भएसम्म यहि मंसिर महिनामा विवाह गर्ने र त्यो सम्भव नभए वैशाखसम्ममा विवाह गरिसक्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

यसअघि उनलाई अव विवाह कहिले गर्नुहुन्छ ? भन्ने प्रश्न सताउने गर्दथ्यो । अब भने ज्योतीले यो प्रश्नको सामना गर्न नपर्ने भएको हो ।

उनले विवाह गर्न लागेका हुनेवाला श्रीमान को हुन् भन्नेबारे भने केही समयपछि खुलासा गर्ने तयारी गरेकी छिन् । केही समयदेखि ज्योती त्यस युवासँग प्रेममा रहँदै आएकी छिन् ।

उनको हुनेवाला श्रीमान कलाकारिता क्षेत्रका होइनन् । विदेशमा व्यापार गरेर बस्दै आएका व्यक्तिसँग ज्योतीले विवाह गर्न लागेकी स्रोतको दाबी रहेको छ । केही समयअघि एक अन्तर्वाताका क्रममा ज्योतीले अब त आफूलाई पनि विवाहको रहर जागिसकेको भनेकी थिइन् ।

फेसबुक लगायत जताततै विवाह देख्दा आफूलाई पनि विवाह गर्ने धेरै रहर लागेर आएको भनेकी थिइन् । उनले भनेकी थिइन्, मन मिल्दो, राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ ।

यस्तै ज्योतीले जीवनसाथी आफ्नो खुट्टामा उभिएको हुनुपने, सामाजिक, व्यवहारिक र महिलालाई सम्मान गर्ने हुनुपर्ने बताएकी छिन् । आफ्नो पेसा बुझेको व्यक्तिको खोजीमा अहिलेसम्म विवाह हुन नसकेको र अब आफू विवाहका लागि तयार रहेको ज्योतीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस