Latest News

को हुन् गायिका समिक्षा अधिकारीका नयाँ प्रेमी ? जसका कारण उनी खुशी हुन थालिन् !

Nepalese Times August 11, 2022 (1 Year ago)    677 Views

काठमाडौं ।

पल साह प्रकरणका कारण तनाव झेलेकी गायिका समिक्षा अधिकारी यतिबेला फेरि सांगितिक क्षेत्रमा छाउन थालेकी छिन् ।

पछिल्ला दिनहरुमा उनले गाएका तीज गीतहरु बजारमा आइरहेका छन् । पल साह थुनामा रहेकै समयमा उनी भने कलाकारिता क्षेत्रमा फर्किसकेकी छिन् ।

पल निर्दोष रहेको र कसैको उक्साहटमा आफूले उजुरी दिएको भनेर समिक्षाले बयान फेरेको भएपनि अहिलेसम्म पल भने छुटेका छैनन् ।

यसैक्रममा समिक्षाले नयाँ प्रेमी बनाएको खबर बाहिरिएको छ । आफ्नो भविश्यका लागि पनि उनले एक व्यापारिक घरानाका व्यक्तिसँग सम्बन्ध अगाडि बढाएकी स्रोतको दाबी रहेको छ ।

समिक्षाले ती व्यक्तिसँग बिहे नै गर्ने हिसाबले सम्बन्ध अघि बढाइरहेकी छिन् । तर, को व्यक्तिसँग उनको सम्बन्ध अघि बढेको हो भने खुलेको छैन ।

समिक्षा निकट स्रोतले भन्यो, – पल साह प्रकरणले समिक्षा निक्कै मानसिक तनावमा थिइन्, अहिले त्यस व्यक्ति उनको जीवनमा आएसँगै खुशी हुन थालेकी छिन् ।

समिक्षा नयाँ प्रेमी पाएसँगै विगतका तनावहरुलाई भुल्न थालेकी र विस्तारै कलाकारिता क्षेत्रमा फर्कन थालेकी छिन् । उनी पल साह प्रकरणमा सामाजिक संजाल र फेसबुकमा आएका समाचारहरुले निक्कै तनाव झेल्दै आएकी थिइन् । अहिले आफू नयाँ प्रेमीका कारण जीवन सहज बनाउनतिर लागेको उनले बताउन थालेकी छिन् ।

उनी केही महिना सांगीतिकसँगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङमा व्यस्त छिन् भने उनले स्वर दिएका गीतहरू युट्युवमा सार्वजनिकसमेत भइरहेका छन् ।

उनले सामाजिक सञ्जालबाट गीत रेकर्डिङका तस्वीरहरू पनि सार्वजनिक गरिरहेकी छन् । तर, उनले फेसबुकमा गरेका पोष्टमा सबैले कमेन्ट गर्न भने मिल्दैन । समीक्षाले आफ्नो पोष्टमा सीमितले मात्र कमेन्ट गर्न मिल्ने बनाएकी छन् ।

उनीनिकट स्रोतका अनुसार धेरै नकारात्मक कमेन्टको सामना गर्नुपरेपछि उनले फेसबुकमा सीमितले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेसँगै समीक्षाले नकारात्मक कमेन्टको पनि सामना गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस