Latest News

जेलमा रहेका पल शाह छुट्दै !

Nepalese Times August 1, 2022 (1 Year ago)    385 Views

काठमाडौँ ।

नाबालिग बलात्कार अभियोगमा जेलमा रहेका अभिनेता पल शाह केही समयमै छुट्ने दुर्गेश थापाले दाबी गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले पल छिट्टै छुट्ने अनि उनी जेलबाट बाहिर आएपछि सब ठिक हुने दाबी गरे ।

पल प्रकरणमा आफूलाई पर्फर्मर भन्न रुचाउने दुर्गेश पनि मुछिएका थिए। पलले आफूलाई फसाउनेहरू भनेर उनको नाम लिएपछि उनको साङ्गीतिक व्यवसाय ओरालो लागेको थियो। अडियो बाहिर आएपछि त पलका प्रशंसकले उनकै कारण पल फसेको भन्दै बहिष्कार अभियानै चलाएका थिए।

प्रारम्भमा नाबालिगको पक्षमा बयान दिएका दुर्गेशले अदालतमा भने बयान बदलेर पलको पक्षमा बयान दिए। त्यो बेलामा नाबालिग गायिका अनि उनको परिवारले पनि बयान बदलिइसकेका थिए।

शनिवारको टेलिभिजन कार्यक्रममा दुर्गेशले ती नाबालिग गायिका यो घटना दोषी रहेको भन्दै भने, कहिले हो भन्ने, कहिले हैन भन्ने उसैको दोष हो नि। स्ट्यान्ड लिन सक्नुपर्छ नि।’

पल अहिले पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालतको आदेश पुनरावेदनबाट उल्टाउन खोजियो। त्यहीबिचमा जाहेरीकर्ता र पीडितले समेत घटना हैन भनेकाले पल पक्षधर उनी छुट्नेमा विश्वस्त देखिएका थिए। तर उच्चले जिल्लाकै आदेश सदर गर्‍यो। त्यसपछि धरौटी माग्न जाने सर्वोच्च हो। पल पक्ष गए या गएनन् सार्वजनिक भएको छैन।

पल छुट्ने तीन आधार मात्र छ। पहिलो जिल्ला अदालतबाट सफाइ पाएर। यसले उनी निर्दोषिताको प्रमाणसहित समाजमा फर्कने छन्। दोस्रो भनेको धरौटीमा जेल बाहिर आउने। यसमा केस चलिरहन्छ। तर पल बाहिरै बसेर मुद्दा लड्न पाउँछन्। तर निर्दोष दोषी तय हुन्न यसमा।

तेस्रो भनेको अदालतबाट पाएको सजाय कटाएर। यसरी बाहिर आउँदा उनी नाबालिगको बलात्कारीको पहिचान सहित आउने छन्।

कार्यक्रममा दुर्गेशले पटक(पटक पल छिट्टै बाहिर आउने, कालो दिन सकिने, पलले कसले फसाएको भन्ने, उसले नभने आफै खुलाउने अनि मिलेर काम गर्ने त भने तर माथिका तीन विकल्पमध्ये कुम विकल्पबाट बाहिर आउने भन्ने भने खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस