Latest News

भर्खरै ज्योतिषसँग विवाह गरेकी नीता ढुंगाना अस्पताल भर्ना, भएको के हो ?

Nepalese Times July 31, 2022 (1 Year ago)    686 Views

काठमाडौं ।

भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे । नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।

मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र ठुलो आन्द्राको पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रा लाई हामी ‘एपेन्डिक्स’ भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आम व्यक्तिको सहजताका लागि यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ ।

पुरानो मान्यता अनुसार यस अंगको खासै केही काम नभएको भन्ने मानिएता पनि नयाँ खोज तथा अन्वेषणबाट यस अंगले आन्द्रालाई आवश्यक पर्ने लाभदायक जीवाणु दिनुका साथै विभिन्न रोगसंग लड्न सहयोग गर्ने तथ्य पुष्टि भएको छ ।

तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ ।

व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ ।

मुख्यतया: विभिन्न कारणवश् एपेन्डिक्सको नलीमा अवरोध उत्पन्न जादा व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । त्यसबाहेक आन्द्रामा ग्याँस भरिनु, पेटमा कुनै गहिरो चोट लाग्नु र पाचन नलीको संक्रमण हुनु पनि यसका अन्य प्रमुख कारण हुन् । अन्यथा अत्यन्त न्युन प्रतिशत व्यक्तिमा मात्रै क्यान्सर वा रगतका कारण एपेन्डिक्समा संक्रमण हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस