Latest News

दुईवटा औंलाको भिडियो बनाएर महिनामै १६ लाख कमाउँछिन् यी युवती !

Nepalese Times July 29, 2022 (1 Year ago)    271 Views

काठमाडौं ।

एली पहिले नर्सको रूपमा काम गर्थिन्। तर एडल्ट साइटमा काम गरेको कारण उनलाई २०२१ मा नर्सको जागिरबाट निकालियो ।

पछि उनले जागिर छाडेर सामाजिक सञ्जाललाई आफ्नो पूर्णकालीन करियर बनाइन् । जहाँ औंला घुमाउने कलाले उनलाई चर्चित बनायो र टिकटकमा उनी चर्चित भइन् ।

एलीका अनुसार धेरैले उनको औंलाको भिडियो र फोटोहरू किन्छन्, जसबाट उनले ठूलो पैसा कमाउँछन्। कहिले औँलाले गाडीको स्टेयरिङ समातेर, कहिले ड्राइभिङ गरिरहेको देखिन्छ ।

@theallierae1 #lashes #lashtok ♬ original sound – TheAllieRae1

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार अमेरिकाको फ्लोरिडामा बस्ने एली ३ सन्तानकी आमा हुन् । पहिले महिनामा डेढ लाख रुपैयाँ आम्दानी भएकोमा एक वर्षमा बढेर १६ लाख रुपैयाँ पुगेको उनले बताइन् । उनी भन्छिन्– यो निकै अनौठो कुरा हो तर मलाई यो हास्यास्पद लाग्छ ।

एलीले एक दिन इन्स्टाग्राममा अपरिचित व्यक्तिबाट सन्देश आएको बताइन् । सन्देशमा, व्यक्तिले उनको औंलाको प्रशंसा गर्दै भने कि उनलाई उनको झुकेको औंला धेरै मन पर्छ।

त्यसैगरी, धेरैले उनको औँलाको तारिफ गर्छन् । कतिपयले एलीसँग अनौठो माग पनि गर्छन् । एलीसँग एकजना मानिसले दाँत मागेका थिए । उनले यसका लागि २०,००० डलर पनि प्रस्ताव गरे। तर एलीले अस्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस