Latest News

पूजा शर्मासँग ‘ब्रेकअप’ गरेका आकाशको अर्की सुन्दरीसँग ‘अफेयर’ सुरु, को हुन् उनी ?

Nepalese Times July 28, 2022 (1 Year ago)    496 Views

काठमाडौं ।

पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।

यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छ्रैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् ।

न त उनले अस्वीकार गरिन् न त स्वीकार नै । यसबारे सोधिएको प्रश्नमा उनी बोल्न मात्र चाहिनन् । यसलाई आफूले प्राइभेट राख्न खोजेको भन्दै उनले प्रश्न टारिन् । घुमाउरो ढंगले उनले प्रेम सम्बन्धलाई स्वीकारेको बुझ्न सकिन्छ ।

‘सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।

आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस