Latest News

‘४ मिनेटको ४० हजार मात्र लिन्छु’ भन्दै मोडल रश्मि तामाङ मिडियामा (भिडिओसहित)

Nepalese Times July 23, 2022 (1 Year ago)    380 Views

काठमाडौं ।

रश्मी तामाङ नेपालकी एक चर्चित मोडल हुन् । नुवाकोट, सामरीको तामाङ बस्तीमा उनको जन्म भएको थियो । उनले आफ्नो भाषाको तामाङ फिल्म बाजीमेलामा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायीकका रूपमा लिइन्छ ।

उनले थुप्रै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरि छोटो समयमानै आफुलाई चचित बनाउन सफल भएकी छिन् । यो तिजमा ढल्केर नाचिन्छ उनको एकदम चर्चित गित हो । उनले ५०० भन्दा बढी भिडियोमा अभिनय गरी सकेकी छिन् ।

रश्मी तामाङ विशेष गरि लोक दोहोरी क्षेत्रमा परिचित नाम हो । तीज गीत देखी लिएर लोकगीत सम्ममा उनले आफ्नो अभिनय र नाचले दर्शकको मन जितिरहेकी छिन्।

केही समय अगाडिसम्म अत्यधिक रुपमा भिडियोहरूमा देखिने रश्मी अचेल भने कमै मात्रा देखिन्छिन्। यसको कारण खुलाउँदै रश्मी भन्छिन् मोडलहरूले आफ्नो एउटा स्थान बनाइसकेपछि, आफूलाई त्यही अनुसार बनाउनु पनि राम्रो हुन्छ। सस्तोमा अभिनय गर्ने, भिडियोमा खेलाउन अनुरोध गर्ने गर्दा मोडलहरू आफै दबिएका छन्।

त्यसैले मैले मेरो पारिश्रमिक ४० हजार तोकेकी छु। म अचेल ४० हजार दिने भिडियोहरूमा मात्र अभिनय गर्न थालेकी छु”।लोकदोहोरी क्षेत्र सस्ता भिडियोका कारण खस्किदै गएको रश्मी बताउँछिन् । उनका अनुसार लोक गीतलाई यदि माथि उकास्ने हो भने पैसा राम्रो लगानी गरेर, मेहनत गरेर, समय लगाएर मात्र भिडियो बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस