Latest News

कटौती हुने भयो सहुलियत कर्जा, राष्ट्र बैंकको यस्तो निर्णयले क–कसलाई हुने भयो तनाव ?

Nepalese Times July 22, 2022 (1 Year ago)    470 Views

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा कटौती गर्ने भएको छ । योसँगै अब दुई प्रकारको ब्याजदर लागू हुने भएको छ ।

उत्पादमूलक क्षेत्र र व्यापारमूलक क्षेत्रको ब्याजदर फरक हुने भएको भगर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० मौद्रिक नीति कार्याक्रममा बोल्दै भगर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

अब बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान हुने कर्जामा फरक फरक ब्याजदर लागू हुने भएको हो । ब्याजदरलाई वितरण हुने क्षेत्र समेत छुट्याएर ब्याजदर लागू हुने भएको हो ।

उत्पादनमूलक क्षेत्रलाई भने ब्याजदर सस्तो हुनेछ भने व्यापारी क्षेत्रमा ब्याजदर केही महंगो हुने छ । उत्पादनमा भन्दा व्यापारमा धेरै कर्जा गएपछि २ प्रकारको ब्याजदर लागू हुन लागको हो ।

कोभिड १९ को समयमा लिइएको सहुलियत कर्जालाई कटौती गरिनेछ । कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई विचार गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० मौद्रिक नीति कार्याक्रममा बोल्दै भगर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।

यस्तै नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिए ।

केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उहाँले जानकारी दिए ।

रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ ।

सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।

शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ । मौद्रिक नीति सार्वजनिक कार्यक्रम जारी छ ।

=====

प्रतिक्रिया दिनुहोस