Latest News

राजेश हमालले बुवा बन्न अस्वीकार गरेपछि …

Nepalese Times July 22, 2022 (1 Year ago)    439 Views

काठमाडौं ।

नेपाली चलचित्र क्षेममा राजेश हमालले लामो समय राज गरे। पर्दामा सधैं नायक बनेका हमाल फिल्ममा नदेखिएको ५ वर्षभन्दा धेरै भइसक्यो। ठूलो हल्लासहित ‘सत्यम’ मा साइन गरेका हमालको उक्त फिल्म छायांकनका जान सकेको छैन।

पछिल्लो समय केही म्युजिक भिडिओमा देखिएका हमालले अन्य फिल्ममा काम गर्ने चर्चा पनि छैन। दिनहुँजसो निर्माण घोषणा हुने फिल्ममा चलचित्र उद्योगले नै महानायक मानेका अभिनेताको उपस्थिति देखिँदैन।

हमालले सुहाउँदो भूमिका पाउँदा अस्वीकार गरेपछि उनी खाली बस्नुपरेको हो। ६ दशक उमेर पार गरेका हमाल अहिले पनि पर्दामा हिरोको भूमिका खोज्छन्। तर निर्माता/निर्देशक उनलाई बाबुको भूमिका प्रस्ताव गर्छन्। हमाल त्यो मान्न तयार छैनन्।

फिल्म ‘प्रेमगीत ३’ का लागि सन्तोष सेनले हमाललाई प्रदीपको बाबुको भूमिका निर्वाह गर्न अफर गरेका थिए। हमालले मानेनन्। हमालको यो क्रम रोकिएको छैन।

हमाललाई फिल्म ‘छड्के २’ टिमले पनि अनमोल केसीको बाबुको भूमिका निर्वाहका लागि भनेको थियो। हमालले यो अफर पनि अस्वीकार गरिदिए। ‘छड्के २’ टिम हमाललाई महँगो पारिश्रमिक तिरेर फिल्ममा लिन चाहन्थ्यो।

निर्देशक रामबाबु गुरुङले पनि आफ्नो नयाँ प्रोजेक्टमा लिने इच्छा राखे। फिल्मको कथाअनुसार हमाललाई कलाकार दयाहाङ राईको पिताको भूमिकाका लागि अफर गरे। हमालले स्वीकार गरेनन्।

अहिले गुरुङ दयाको पिताको भूमिकामा विपिन कार्कीलाई देखाउने तयारीमा छन्। निर्माता/निर्देशक हमाललाई बुवाको भूमिकामा देखाउन तयार छन्। हमाल बुवाको भूमिकामा देखिन तयार छैनन्।

उनी अझै हिरोको भूमिकामा देखिन चाहान्छन्। यसैले हमाललाई दर्शकले पर्दामा देख्न मुस्किल भएको छ।

 

प्रतिक्रिया दिनुहोस