Latest News

हेर्नुहोस् बोल्ड साम्राज्ञी राज्यलक्ष्मी शाह

Nepalese Times July 22, 2022 (1 Year ago)    516 Views

काठमाडौं ।

पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।

कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ ।

यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस’ छायाँकन गर्ने तरखरमा छिन् ।

साम्राज्ञी सामाजिक सञ्जाल मार्फत भने फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा उनले बोल्ड तस्बिर समेत शेयर गर्दछिन् । हालै पनि सामाजिक सञ्जालमा उनले दुई बोल्ड तस्बिर राखेकी छन् ।

जसमा उनी निक्कै सुन्दर र आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गा पहिरनको उक्त तस्बिरमा फ्यानले रुचाएका छन् । जसमा सकारात्मक प्रतिक्रिया समेत दिएको देख्न सकिन्छ ।

भुवन केसीको फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले करिब दर्जन हाराहारी फिल्म अभिनय गरेकी छन् । ति मध्य केही मात्र सफल छन् ।

 

प्रतिक्रिया दिनुहोस