Latest News

अभिनेत्री मिरुनाले जितिन् यति ठूलो अवार्ड

Nepalese Times July 21, 2022 (1 Year ago)    419 Views

काठमाडौं ।

‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् ।

जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् ।

अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् ।

उनले भनेकी छन् ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ । परिवार र साथीहरूको समर्थन र साथको लागि धन्यवाद ।’

करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस