Latest News

नायिका नीतासँग भर्खरै विवाह गरेका हरिहर पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश !

Nepalese Times July 19, 2022 (1 Year ago)    440 Views

काठमाडौं ।

अभिनेता एवम् ज्योतिष हरिहर अधिकारी पनि रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् ।

हालै नायिक नीता ढुंगानासँग विवाह वन्धनमा बाँधिएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यलय बसुन्धरामा पुगेर पार्टी प्रवेशबारे रवि लामिछानेसँग कुरा गरेका छन् ।

हरिहर र उनकी पत्नी नीता ढुंगानाले रविसँग लामो कुराकानी गरेका र अब एउटै पार्टीमार्फत अघि बढ्ने तयारी भएको बताइएको छ ।

करिब १ घन्टा भएको कुराकानीमा रविले हरिहरलाई आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्न प्रस्तावसमेत गरेका थिए ।

भेटका क्रममा रविले भने, ‘अब राजनीतिमा युवाहरु नै अगाडि बढ्ने हो, तपाईंलाई हाम्रो पार्टीका तर्फबाट चुनावमा सहभागी हुन अनुरोध गर्दछु ।’

हरिहरको स्थायी घर दाङ हो । यद्यपि, उनी अहिले काठमाडौंका मतदाता हुन् । हरिहरले चाहेमा उनलाई काठमाडौं वा दाङबाट टिकट दिन रवि तयार रहेको स्रोतले बतायो । यसमा हरिहरले सोचेर निर्णय लिने बताएका छन् ।

स्वतन्त्र पार्टीमा आवद्ध हुन भने हरिहर सहमत भइसकेका छन् । उनी सक्रिय रुपमा नै पार्टीमा लाग्ने र नीताले चाहिँ समर्थकको रुपमा मात्रै सो पार्टीलाई साथ दिने समझदारी भएको बुझिएको छ ।

हरिहरले हिजोको भेटघाटका क्रममा स्वतन्त्र पार्टीको कार्यालयको वास्तु समेत हेरिदिएका थिए । उनले कार्यालयभित्र सामान्य हेरफेर गर्न सुझाव दिएका छन् ।

हरिहरले रविको भविष्य भने हेर्न पाएनन् । रविको चिना टिपन नै उपलब्ध नभएकाले उनले भविष्य हेर्न नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस