Latest News

लोक गायिका कल्पना दाहालले गरिन् सुटुक्क विवाह, को हुन् उनका पति ?

Nepalese Times July 18, 2022 (1 Year ago)    388 Views

काठमाडौं ।

लोकगायिका कल्पना दाहालले  अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग हालै कानूनी विवाह गरेकी छन् ।

झापामा जन्मिएका आचार्य डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनको परिवार नै अमेरिकामा बस्दै आएको छ । गायिका दाहाल र आचार्य केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् । कल्पनाका पति सोमवार नै अमेरिका उडेका छन् ।

सिन्धुपाल्चोक गृहजिल्ला भएकी गायिका दाहाल ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईंसँग दोहारी गाएपछि एकाएक चर्चित बनेकी थिइन् । उनी लाइभ दोहोरीमा पारंगत मानिन्छिन् ।

दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित छन् । गायिका दाहालले आफू, गीतसंगीत र कलाकारितालाई बुझ्ने पति पाएकोमा खुशी व्यक्त गरेकी छन् । उनले अब केही समयपश्चात आफू पतिसँगै अमेरिका बस्ने संकेत गरेकी छन् ।

पति अमेरिका उड्नुअघि दिएको एक अन्तवार्तामा दाहालले भनेकी छन्, ‘विवाहलाई लिएर बुवाआमा खुशी हुनुहुन्छ । ज्वाइँ मन पराउनुभएको छ । अलि टाढा जाँदै छे भनेर पीर त लागिहाल्छ तर जहाँ भए पनि उहाँहरूलाई खुशी राख्नेछु ।’

बिगत लामो समय देखी सबैको प्रिय कार्यक्रम इन्द्रेणीमा प्रत्यक्ष दोहोरी गाउदै आयकि कल्पना दाहाल; पब्लिक स्पिकर भनेर चिनिने रमेश प्रसाईं संग हुक्का चिलिमले गीतको भाकामा दोहोरी दोहोरी गायर सबैको मन जित्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस