Latest News

हलमा दर्शकले आफ्नो नारा नलगाएको भन्दै पुजा शर्माले देखाईन् लाजमर्दो हर्कत ! (भिडिओसहित)

Nepalese Times July 17, 2022 (1 Year ago)    353 Views

काठमाडौं ।

हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् ।

जसकारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि पनि धेरै पटक विवादमा तानिएकी थिइन् ।

उनको बोल्ने शौलीनै उनी विवादमा तानिनुको प्रमुख कारण बनेको छ । यसपटक पनि उनी आफ्नो बोलिकै कारण विवादमा तानिएकी हुन् ।

गत शुक्रबारबाट प्रदर्शन भएको अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठद्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ को प्रतिक्रिया बुझ्न शनिबार दिउँसो बालाजुको अष्टनारायण हलमा पूजा र आकाश दुवै जना गएका थिए ।

सोही समय पूजाले दर्शकसँग झर्किएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पूजा र आकाशका प्रसंशकहरू फूलमाला र खादा नै बोकेर हल पुगेका थिए ।

हलमा पुगेका दर्शकले पूजा र आकाशलाई फूलमाला र खादा ओडाएर सम्मान समेत गरेका थिए । दुवैका प्रसंशकहरूले नारा समेत लगाएका थिए ।

पूजा आकाश अलगिएसँगै उनीहरूको प्रसंशकहरू पनि विभाजित भएको स्पष्ट देखिएको छ ।

अष्टनारायण हलको एउटा कुनामा आकाशको पक्षमा नारा लागेको थियो भने अर्को कुनामा पूजाको पक्षमा नारा लागिरहेको थियो ।

सोही क्रममा, पूजा र आकाश एकसाथ उभिएको ठाउँमा आएर एकहुल आकाशका फ्यानहरुले ठूलो स्वरमा ‘आकाश आकाश’ भनेर नारा लगाएका थिए ।

पूजा रिसले आगो भइन् र , ‘के हो यो , फिल्म कसको, दुईटैको हो , के गरेको यो भन्दै उनले दर्शकसँग झर्किँएकी थिइन् ।

पूजा झर्किएपछि आकाशले आफ्ना प्रसंशकहरूलाई ‘सबैलाई सम्मान गर्नुपर्छ’ भनेर सम्झाएका थिए ।

त्यसपछि पूजा आकाशका फ्यानहरूको घेराबाट रिसाउँदै बाहिर निस्केकी थिइन्। पूजाले यसरी दर्शकलाई थर्काएको एउटा सानो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस