Latest News

अष्ट्रेलिया उडिन् पूजा शर्मा

Nepalese Times July 17, 2022 (1 Year ago)    358 Views

काठमाडौं ।

अभिनेत्री पूजा शर्मा अष्ट्रेलिया गएकी छिन्। पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि अष्ट्रेलिया गएकी हुन्। पूजा शनिबार अष्ट्रेलिया उडेकी हुन्।

लामो समयदेखि भिसाको पर्खाइमा रहेकी पूजालाई अष्ट्रेलियाको भिसा अस्वीकृत भयो भन्ने खालका हल्ला सार्वजनिक भइरहेका थिए। पूजाको भिसा भने पर्खाइको सूचीमा थियो।

भिसा नपाएकै कारण पूजाले अष्ट्रेलियामा भएको बलिउड स्टार गोविन्दाको कार्यक्रममा प्रस्तुती दिन पाइनन्। पूजाले गोविन्दाको कार्यक्रममा प्रस्तुती दिने तय भएको थियो।

भिसाकै कारण उनको फिल्मको प्रिमियर पनि सर्दै आएको थियो। अब भने पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर हुने भएको छ।

पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ गत शुक्रबारबाट नेपाल प्रदर्शनमा आएको छ। यो फिल्ममा पूजा र आकाश श्रेष्ठले अभिनय गरेका छन्।

पूजा ‘सम्झना विर्सना’को प्रचार सकेर अष्ट्रेलिया उडेकी हुन्। शनिबार साझ अष्ट्रेलिया उडेकी पूजाले त्यसभन्दा अघि दर्शकसँग बसेर फिल्म ‘सम्झना बिर्सना’ हेरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस