Latest News

यी चर्चित अभिनेत्रीसँग मोदी प्रेममा, यस्तो ट्वीटले भारतभर तरंग (ट्वीटसहित)

Nepalese Times July 16, 2022 (1 Year ago)    518 Views

काठमाडौं । आइपिएलका पूर्व अध्यक्ष ललित मोदी र सन् १९९४ की मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेनबी प्रेम सम्बन्ध रहेको खुलेको छ । आफैंले सुस्मितासँग डेट गरिरहेको व्यवसायी ललित मोदी जानकारी गराएसँगै भारतीउ संचारमाध्यम उनीहरुको समाचरले भरिएका छन् ।

एक ट्वीट गर्दै भारतीय टि २० टुर्नामेन्टका पहिलो अध्यक्ष तथा कमिसनर रहेका ललितले सुस्मितासँग थुप्रै फोटाहरू सार्वजनिक गरेका छन् ।उनले ती फोटाहरूमा सुस्मितालाई बेटर हाफु भन्दै नयाँ सुरूआत लेखेका छन्। धेरैले उनीहरूलाई बिहे पनि गरिसकेको हो कि भनेर सोधेका छन्।

आइपिएलका संस्थापक रहेका ललितले आफूहरूले बिहे भने नगरिसकेको र अहिले डेटिङ मात्र गरिरहेको बताएका छन्। तर बिहे गर्ने संकेत पनि उनले दिएका छन्। बिहे गरिसकेको छैन, एकअर्कालाई डेटिङ मात्र गरिरहेका छौं, सायद कुनै दिन बिहे पनि हुनेछ, उनले लेखेका छन्।

ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा बिहे भएको थियो। उनीहरूका एक छोरा रूचिर र छोरी आलिया छन्। ललितसँग बिहे हुनुअगावै मिनलको पनि अर्कैसँग बिहे भएको थियो। मिनलका पहिलो श्रीमानबाट पनि एक छोरी करिमा छन्।

सन् २०१८ मा मिनलको क्यान्सरका कारण निधन भएको थियो। यता सुस्मिता सेनले केही समयअघि मात्र आफूले बिहेबारे नसोचेको बताएकी थिइन्। तीन पटक बिहेको नजिक पुग्दा पनि हुन नसकेको र यसमा आफूलाई भगवानले बचाएको प्रतिक्रिया उनको थियो।

उनले पोहोर मात्र आफ्नो तीन वर्षभन्दा पुरानो प्रेम सम्बन्धलाई ‘ब्रेकअपु गरेकी थिइन्। उनले रोहमन सलसँगको आफ्नो प्रेम सम्बन्ध अन्त्य भएकोबारे इन्स्टाग्राममार्फत् सार्वजनिक जानकारी दिएकी थिइन्। सम्बन्ध टुटे पनि रोहमन सधैं आफ्नो साथी रहने सुस्मिताले लेखेकी थिइन्।

सुस्मिता र रोहमनको प्रेम सम्बन्ध सन् २०१८ देखि सुरू भएको थियो। इन्स्टाग्रामबाटमा सन्देश आदानप्रदान हुँदै सुरू भएको उनीहरूको सम्बन्ध बिस्तारै प्रेममा बदलियो। सुस्मिता र रोहमनको उमेरमा १५ वर्षको फरक थियो।

उनीहरूले आफ्नो प्रेम सम्बन्ध लुकाएनन्। बलिउडमा उनको जोडीलाई सबैले मन पराएका थिए। प्रशंसक तथा शुभचिन्तकहरू उनीहरूको बिहेको खबर सुन्ने प्रतीक्षामा थिए। तर उनीहरू छुटे।

सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।

प्रतिक्रिया दिनुहोस