Latest News

समिक्षा अधिकारीले फेसबुकमा किन देखाइन् यस्तो हर्कत ?

Nepalese Times July 14, 2022 (1 Year ago)    516 Views

काठमाडौं ।

गायिका समीक्षा अधिकारीले सांगीतिक क्षेत्रमा पुनः सक्रियता बढाएकी छन् ।

उनी केही महिना सांगीतिकसँगै सामाजिक सञ्जालबाट समेत टाढा थिइन् । हिजोआज उनी दिनहुँजसो नयाँ–नयाँ गीत रेकर्डिङमा व्यस्त छिन् भने उनले स्वर दिएका गीतहरू युट्युवमा सार्वजनिकसमेत भइरहेका छन् ।

उनले सामाजिक सञ्जालबाट गीत रेकर्डिङका तस्वीरहरू पनि सार्वजनिक गरिरहेकी छन् । तर, उनले फेसबुकमा गरेका पोष्टमा सबैले कमेन्ट गर्न भने मिल्दैन । समीक्षाले आफ्नो पोष्टमा सीमितले मात्र कमेन्ट गर्न मिल्ने बनाएकी छन् ।

उनीनिकट स्रोतका अनुसार धेरै नकारात्मक कमेन्टको सामना गर्नुपरेपछि उनले फेसबुकमा सीमितले मात्रै कमेन्ट गर्न मिल्ने बनाएकी हुन् । सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेसँगै समीक्षाले नकारात्मक कमेन्टको पनि सामना गर्दै आएकी थिइन् ।

उनी सुरिलो स्वरकी धनी हुन् । उनका गीतहरु लोकप्रीय छन् । गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन ।

गीतमा आमालाई सम्बोधन गरेकी छिन । गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ । सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन । लय पनि उनकै हो ।

सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारीले कम्बर मर्काएकी छन । काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन्, भने सम्पादन दीपक विष्टले गरेका छन ।

प्रतिक्रिया दिनुहोस