Latest News

आवश्यक कदम चाल्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

Nepalese Times July 13, 2022 (1 Year ago)    327 Views

काठमाडौं ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशको कानून व्यवस्था बहाल गराउनका लागि आवश्यक कदम चाल्न सेनालाई निर्देशन दिएका छन् ।

राजधानी कोलम्बोमा रहेको प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गरेलगात्तै विक्रमसिंघेले कानून व्यवस्था बहाल गराउन सेनालाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति गोटावाया राजापाक्षे देश छाडेर भागेपछि विक्रमसिंघे स्वत कार्यबाहक राष्ट्रपति बनेका छन् ।

प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीले कब्जा गर्नुअघि विक्रमसिंघेले देशमा संकटकाल लागू गरेका थिए । उनले राजधानी कोलम्बोसहित दक्षिणीप्रान्तमा कर्फ्यू आदेश जारी गरे पनि कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ ।

गत शनिबारदेखि राष्ट्रपति भवन प्रदर्शनकारीकै कब्जामा छ । देश आर्थिक संकटमा फसेपछि नागरिक राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस्तै,श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन्। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन्।

बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका हुन्। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ।

गत शनिबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेसँगै राजपाक्ष प्रदर्शनकारीबाट लुक्दै आएका थिए।

उनले बुधबार राजीनामा दिने घोषणा पनि गरेका थिए। यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस