Latest News

हेर्नुहोस् आषाढ ३० गते बिहीवारको राशिफल

Nepalese Times July 13, 2022 (1 Year ago)    246 Views

मेष (चु.चे.चो.ला.लि.ल.ले.लो.): छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.यु.वे.वो): आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला।

मिथुन (क.कि.कु.घ.ऊ.छ.के.को.ह): नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ।

कर्कट (हि.ह.हे.हो.डा.डि.ई.डे.डो): वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे): खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो): विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नयाँ सोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते): प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा रामे लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भ): कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ।

मकर (भो.जा.जी.जू.जे.जो,ख,खि,खु,खे,खो,गा,गी): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धेर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द): गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन्।

मीन (दी.दु.थ.झ.ज.दे.दो.च.ची): टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस