Latest News

यी व्यक्तिले भैंसी अपहरण गरेर मागे लाखौं फिरौती

Nepalese Times July 13, 2022 (1 Year ago)    504 Views

काठमाडौं ।

भारतको मध्य प्रदेशको उज्जैनमा अपहरणको एउटा अनौठो घटना भएको छ। यहाँ कोही मानिस अपहरणमा परेको विषय नभई भैंसी अपहरणमा परेको हो।

भैंसी चोरेर अपहरणकारीले धनीसँग फिरौती मागेका हुन्। अपहरणकारीले भैंसीका मालिक अंगुरवाली हाडासँग भैंसीको बदला लाखौँ रुपैयाँ फिरौती मागेका थिए।

आजतक का अनुसार कसैले रातिको समयमा भैंसी मालिकलाई फोन गरी भैंसी अपहरणमा परेको र ठूलै रकम दिएपछि मात्र भैंसी फिर्ता हुने खबर गरेका थिए।

हाडा एक डेरी उद्योगकी मालिक पनि हुन्। उनीसँग मुर्हा जातका भैंसी छन्। यो जातका भैंसी खुब दूधालु हुन्छन् र एउटा भैंसीको मूल्य डेढ लाखदेखि २ लाख रुपैयाँसम्म पर्छ।

हाडाको फर्मबाट भैंसी अपरणमा परेको यो पहिलो घटना भने होइन। उनका अनुसार बदमासहरूले यसअघि पनि उनका भैंसी अपरण गरेका थिए।

ती अपहरणकारीहरूले एकजना छिमेकीलाई मध्यस्थकर्ता बनाएर भैंसी अपहरण गरेका ‍रहेछन्। त्यतिबेला उनले अपहरणकारीलाई १ लाख ३५ हजार रुपैयाँ दिएर भैंसी फिर्ता लिएकी थिइन्।

यो वर्ष जुन महिनामा उनको फर्मबाट फेरि ४ वटा भैंसी हराएका थिए। तर यस पटक भने उनी बदमासहरूका कुरा नसुनी सिधै प्रहरी चौकी पुगेकी छन्। उनले भैंसी अपरणको मुद्दा दर्ता समेत गराइसकेकी छन्।

समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ। भैंसी हराउन थालेपछि हाडाले आफ्नो फर्ममा सीसी क्यामेरा जडान गरेकी छन्। एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस