Latest News

‘केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटलमा जान्छन्, प्रहरी पछाडि लागेर हुन्छ ?’

Nepalese Times July 13, 2022 (1 Year ago)    282 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

यौ,न हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका क्रममा सांसद महतले यौन हिंसा नियन्त्रणको कुरा गर्दा त्यस्तो ठाउँ जरुरी रहेको बताएका हुन् ।

‘केटाकेटी सहमतिमा सुरक्षित स्थान खोज्दै जान्छन्, प्रहरी तिनीहरूलाई खोज्दै हिँडेको हुन्छ । यो पनि तरिका हो ? यसरी रोकिन्छ ? भाले मौरीले, रानी मौलाई सहवास गर्‍यो भने उसको मृ,त्यु हुन्छ, तर पनि उसले सहवास गर्छ, यो बुझिराख्नुस्,’

सांसद महतले संसद् बैठकमा भने, ‘तपाईंको कानूनले कहाँ छेक्छ ? फ्रेस एरिया राख्नुको सट्टा प्रहरी डन्डा समाएर केटाकेटीको पछाडि लागेर होटलमा पुग्छन् ? यही हो तरिका ? यो पनि तरिका हो ?’

महतले यसो भनिरहँदा सांसदहरू गलल्ल हाँसेका थिए । महतले विगतमा बाँकेको नेपालगञ्जमा सहवास गर्ने फ्रेस एरिया रहेको सम्झाउँदै त्यस्तो ठाउँ आवश्यक पर्ने बताए । यसअघि गण्डकी प्रदेशका एक मन्त्रीले रेडलाइट एरियाको प्रस्तावगर्दा चर्को विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस