Latest News

राष्ट्रपति अर्को देशमा भागेलगत्तै श्रीलंकामा संकटकाल घोषणा, अब के होला ?

Nepalese Times July 13, 2022 (1 Year ago)    388 Views

काठमाडौं ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिले आज राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुबैले राजीनामा निदएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन् । पदासीन राष्ट्र्पतिले राजीनामा नदिएसम्म नयाँ राष्ट्रपति नियुक्त गर्न मिल्दैन। अर्थात् राजनीतिक गाँठो फुकाउन राजपक्षले राजीनामा दिनैपर्छ।

स्रोतहरूका अनुसार राजीनामापत्र तयार भइसकेको छ। तर राजपक्ष आफ्नो मूल गन्तव्यमा पुगेपछि मात्र त्यसलाई सार्वजनिक गरिनेछ।

बुधवार बिहान सबेरै राजपक्ष दम्पती दुई सुरक्षाकर्मीसहित श्रीलङ्कबाट माल्दिभ्स पुगेका थिए। सैन्य स्रोतले उनी त्यहाँबाट अन्यत्र जाने बताएको छ। तर राजपक्ष कहाँ जान्छन् भन्ने खुलेको छैन।

हजारौँ प्रदर्शनकारीहरू कोलम्बोस्थित मुख्य प्रदर्शनीस्थलबाट २० मिनेट पैदल दूरीमा रहेको प्रधानमन्त्री कार्यालयतिर र संसद् भवनतिर जान थालेका छन्। केही प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

राष्ट्रपति गोटाबय राजपक्ष विदेश पलायन भएपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सर्वदलीय अन्तरिम सरकार गठन गरेर आफू पनि पदबाट हट्ने बताएका छन्। श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले पदत्याग गरेपछि स्वतः प्रधानमन्त्री ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्छन्।

यदि साँझसम्म राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा आएन भने फेरि भेला भएर संसद् वा अन्य सरकारी भवन कब्जा गर्ने यसअघि प्रदर्शनकारी बुद्धि प्रबोध करुनारत्नले समाचारसंस्था रोएटर्सलाई बताएका थिए।

प्रतिक्रिया दिनुहोस