Latest News

हनुमानको अवतार भन्दै बालकलाई पुज्न थालेपछि…

Nepalese Times July 13, 2022 (1 Year ago)    471 Views

काठमाडौं ।

एक बालकको कम्मरमा असामान्य पुच्छर जस्तो कपाल छ। भारतको दिल्लीमा जन्मिएका बालकलाई मानिसहरुले हनुमानको मानवीय अवतार मान्ने गरेका छन्।

हनुमानको मानव अवतार मानेर भगवानको दर्जा दिएर पुज्ने गर्छन्। ६ वर्षीय बालक शिवम कुमारका छिमेकी उनलाई एक दिव्य प्राणी मान्छन्। चकलेट र मिष्ठान्न भोजनबाट प्रभावित गर्ने कोशिसमा छिमेकी लागि रहेका छन्।

शिवमकी आमाका अनुसार, शिवमलाई उनको छिमेकमा धेरै माया गर्छन्। उनलाई भेट्न मानिसको भीड लाग्छ। जसले दैनिक जीवनमा समस्या उत्पन्न भएको छ।

तर शिवमका गुरुले भने ती छिमेकीलाई यो पागलपन रोक्न र बालकलाई सामान्य जिवन जिउन दिन आग्रह गरेका छन्। गुरुको यो आग्रहपछि पहिलेको तुलनामा भिड कम भएको छ। तर पूर्ण रुपमा मानिस शान्त नबसेको बालककी आमाको भनाइ छ।

असामान्य पुच्छरका कारण डाक्टर र बालकका आमा बुबा छक्क परेका छन्। कपाल हटाउनाले भविष्यमा क्षति हुन्छ कि भन्ने डर उनीहरुमा छ।

‘यसरी नै जन्मियो, जस्तो भएपनि ऊ विशेष छ’, उनीहरु भन्छन्, ‘यो भगवानको उपहार हुनसक्छ र हामी उसको कुनै योजनामा छेडछाड गर्न सक्दैनौं।’

शिवमकी हजुआमाका अनुसार, शिवमको व्यवहार बाँदरको जस्तै छ। ‘बाँदरले जस्तै हाँस्छ र सधैँ उफ्रिरहन्छ’, उनले भनिन्। चिकित्सकले उनको पुच्छर अहिले छोटो छ तर समयसँगैं यो बढ्दै जाने अनुमान गरेका छन्।

उनलाई भगवानको अर्थात् हनुमानको अवतारको रुपमा हेर्ने धेरै छन् र यसलाई अस्वीकार गर्न नसकिने उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस