Latest News

श्रीलंकाका राष्ट्रपति राजपाक्ष देश छाडेर भागेर माल्दिभ्स पुगे, भाई बासिल कहाँ गए ?

Nepalese Times July 13, 2022 (1 Year ago)    339 Views

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्।

परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्ष सेनाको विमान मार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ।

मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन्। उनी सोमबार राति ३ बजे माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ।

राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ।

गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्रवेश गरेसँगै उनी त्यहीबाट गायब भएका थिए।

उनले राजीनामा दिइसकेको र आज संसदमा उनको राजीनामा पत्र पढेर सुनाइने सभामुखले जनाएका छन्।

यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन। राष्ट्रपतिका भाइ तथा पूर्व अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेको जनाइएको छ। उनी अमेरिका पुगेका छन्।

प्रतिक्रिया दिनुहोस