Latest News

हेर्नुहोस् आषाढ ३२ गतेसम्मको राशिफल

Nepalese Times July 12, 2022 (1 Year ago)    440 Views

साप्ताहिक राशिफल 
असार २६–३२, २०७९ उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।

वृष – TAURUSइ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। मंगलवार र बुधवार भने शारीरिक तथा मानसिक रूपमा कमजोर भइनेछ। अर्थअभावले कामको योजना रोकिन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। प्रयत्न गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। समस्या दर्साउँदा विशिष्ट व्यक्तिको साथ पाइनेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। कर्मयोगबाट प्रशस्त धन प्राप्त गर्न सफल भइनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिहीवारदेखि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि विशेष जिम्मेवारी पाइनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा भने अधिक खर्च हुने र काम राेकिने सम्भावना छ।

कर्कट – CANCERहि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा गरिएकाे कमजाेर निर्णयले साताभरि समस्या पर्ला। आफन्तकाे सहयाेगले केही काम सम्पादन पनि हुनेछन्। गाेपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। मंगलवार, बुधवार र शनिवार विशेष काम सम्पादन हुनेछन्। पहिलेकाे स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। व्यापार र अध्ययनमा प्रगति हुनेछ। बिहीवार र शुक्रवार भने प्रतिस्पर्धाको दौडमा उत्रनुपर्नेछ। सहयाेगीहरू स्वयं प्रतिद्वन्द्वीका रूपमा स्थापित हुनेछन्। सप्ताहान्त भने रमाइलाे रहनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा अस्वस्थता र घरेलु समस्याले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। बिहीवारपछि मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि प्रतिस्पर्धीहरू परास्त हुनेछन्। रचनात्मक काममा प्रवृत्त भइएला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा सोखले खर्च बढाउनेछ भने व्यवसायका सन्दर्भमा यात्रा हुने सम्भावना छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा केही उपलब्धि हातलागी हुनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। सहयाेगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। मंगलवार र बुधवार घरायसी समस्याले अल्झाउन सक्छ। तापनि शुभचिन्तकहरूकाे साथ–सहयाेगले परिस्थिति अनुकूल बन्नेछ। सप्ताहान्तमा अवसरले पछ्याउनेछन्। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुरुमा विवादास्पद काममा जुट्नुपरे पनि साता फलदायी रहनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। परिस्थितिमा सुधार आउनेछ भने आँटले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। बिहीवार र शुक्रवार स्वास्थ्य कमजोर रहला। अनायासै काम बिग्रने डरले पनि सताउन सक्छ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भ फलदायी रहनेछ। आँटले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। दिगो काम सुरु हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मंगलवार र बुधवार विवादास्पद जिम्मेवारी आउनाले होसियारपूर्वक काममा जुट्नुपर्ला। आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। बिहीवार र शुक्रवार सहयोगी जुटाउन सकिनेछ। रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ। सप्ताहान्तमा पारिवारिक मतभेद बढ्नेछ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्, सावधान रहनुहोला।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि रमाइलाे यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मंगलवारपछि खानपानकाे असावधानीले स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जाेगाउन मुस्किल पर्नेछ। परिबन्धले आकस्मिक खर्च बढ्नेछ। काम बिग्रनाले दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। पुरानाे विवाद सुल्झाउने प्रयत्न गर्नुहाेला। खर्च लागे पनि साेख पूरा हुनेछ। सप्ताहान्तमा शुभचिन्तकहरूकाे साथ–सहयाेगले परिस्थिति अनुकूल बन्नेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतअनुसार राम्रै उपलब्धि प्राप्त हुनेछ। मंगलवार र बुधवार खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। तापनि उठ्नुपर्ने रकम प्राप्त हुनाले समस्या टर्नेछ। विदेश ताक्नेहरूका लागि यात्राकाे साइत जुर्न सक्छ। बुधवारपछि रोकिएका काम बन्नेछन्। तर एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। तापनि पारिवारिक भेटघाटले मनकाे बाेझ हलुका हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा अरूको हस्तक्षेपले काम रोकिन सक्छ। कामको सन्दर्भमा पारिवारिक मतभेद रहनेछ। केही विवादास्पद काम गर्नुपरे पनि बिस्तारै उपलब्धि प्राप्त हुनेछ। बुधवारसम्म आयस्राेत पनि सबल रहनेछ। व्यापार बढ्नाले आम्दानी बढ्नेछ। पहिलेका समस्या पनि समाधान हुनेछन्। मिहिनेत गर्दा सफलताको उचाइमा पुग्न सकिनेछ। बिहीवारदेखि खर्चिलो काम गर्नुपर्ला। खर्च लागे पनि समस्या सुल्झाउन मुस्किल पर्नेछ। अभाव टार्न कर्जा लिनुपर्ने हुन सक्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साता फलदायी रहनेछ। प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। नेपाली पात्रोबाट

प्रतिक्रिया दिनुहोस