Latest News

नीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेशले मच्चाए टिकटक काण्ड, एकाएक भाइरल

Nepalese Times July 12, 2022 (1 Year ago)    476 Views

काठमाडौं ।

यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् ।य हि टिकटकमा भाइरल बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ ।

नीताको बिहे भएकै दिन आमेशले सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ‘भन्ने गीतमा टिकटक बनाएपछि ट्रोलरलाई मसला बन्न पुगेको छ ।

यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।यसो त  नीताको बिहेपछि आमेश स्वयम पनि टिकटकमा बढी सकृय देखिएका छन् ।

आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।

हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीप थिइन् । तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए ।

दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस