Latest News

घरबाट भागेका प्रेमी प्रेमिकालाई शरण दिने मन्दिर

Nepalese Times July 12, 2022 (1 Year ago)    328 Views

काठमाडौं ।

प्रेमी प्रेमिकाहरूले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त थुप्रै हुन्छन् ।

तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ ।

भागेर आएमा प्रेम जोडीलाई त्यहाँ स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता छ ।

भारतको हिमाचल प्रदेशस्थित कूल्लुमा पर्ने शाँगढ गाउँमा उक्त मन्दिर रहेको छ । मन्दिरको नाम शंगचूल महादेव मन्दिर हो ।
यो मन्दिर करिब १२८ बिघा क्षेत्रमा फैलिएको छ र निकै सुन्दर छ । यो मन्दिरमा चर्को आवाजले बोल्न पनि पाइँदैन ।

घरबाट भागेर आउने प्रेम जोडीहरू महादेवको शरणमा आएको मान्यता अनुसार त्यहाँ स्वागत गरी बस्न दिइन्छ । त्यस क्रममा जातजाति तथा समुदायगत रुपमा विभेद गरिंदैन ।

बसोबास मात्र नभई खानपिनको पनि बन्दोबस्त त्यहाँ हुन्छ । प्रेम जोडीको भगवान स्वयंले रक्षा गर्ने मान्यता त्यहाँको छ ।

घरबाट भागेका प्रेम जोडीको घर परिवारमा कुरा मिलेर उनीहरूको बिहेलाई स्वीकार नगरिएसम्म जोडीलाई मन्दिरमै बस्ने व्यवस्था मिलाइन्छ । कुरा मिलिसकेपछि मात्र उनीहरूको बिदाइ गरेर सँगै घर पठाइन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस