Latest News

कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, कुन पदमा कति कर्मचारी मागियो ? (विज्ञापनसहित)

Nepalese Times July 12, 2022 (1 Year ago)    926 Views

काठमाडौं । कर्मचारी सञ्चय कोषले स्थायी सेवामा कर्मचारी छनोट गर्न विज्ञापन आह्वान गरेको छ ।

आज गोरखापत्रमा सूचना निकालेर कोषले तह ९ को वरिष्ठ प्रबन्धकदेखि तह ४ को सहायकसम्मका पदमा खुला, समावेशी प्रतियोगिताबाट छनोट गर्नेगरी ५८ जनशक्ति माग गरेको हो।

लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ ।

लोक सेवा आयोगको सहमतिअनुसार कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। असार २८ गतेदेखि अनलाइनबाट दरखास्त आह्वान गर्न सकिन्छ।

इच्छुकले अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सक्ने कोषले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस