Latest News

‘भागेर बिहे गर्न मन लागेको छ’

Nepalese Times July 11, 2022 (1 Year ago)    494 Views

काठमाडौं ।

अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन् ।

विवाहका लागि समय आउनुपर्ने र जुर्नुपर्ने उनको भनाई छ । केही समय अमेरिका बसेर स्वदेश फर्किएकी नन्दिता आइतबार अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी थिइन् ।

सो अवसरमा उनलाई मिडियाले विवाहको प्रश्न छुटाउने त कुरै भएन । जसको जवाफमा उनले आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी थिइन् । उनले आफु अहिलेसम्म नहुनुको कारण समयलाई समेत दोष दिएकी छन् ।

‘बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ ।’

अरुको बिहे हेर्दाहेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत उनले बताएकी छन् । भनिन्, ‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ । त्यसैले धेरै तनाव हुँदो रहेछ ।’

प्रतिक्रिया दिनुहोस