Latest News

प्रेम आलेपछि पर्यटनमन्त्री जीवनराम पनि उत्रिए एक्सनमा, १४ क्यासिनोलाई काटे यस्तो पत्र

Nepalese Times July 9, 2022 (1 Year ago)    409 Views

काठमाडौं ।

पर्यटन विभागले देशका १४ क्यासिनोको नाममा सूचना जारी गरेको छ । लामो समयदेखिको बक्यौता बाँकी रहेको अवस्थामा आगामी आर्थिक वर्षको लागि इजाजपत्र नवीकरणको समेत रकम मागेर सूचना जारी गरेको हो ।

चालु आर्थिक वर्षसम्मको नियमित रुपमा रोयल्टी रकम दाखिला नभएको रकम र आगामी आर्थिक वर्षका लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणका लागि तिर्नुपर्ने रोयल्टी रकम भुक्तानीका गर्न आग्रह गरिएको छ ।

विभागले क्यासिनो तथा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल सञ्चालक कम्पनीहरूले रोयल्टी बराबरको बैंक जमानत पत्र वा रोयल्टी रकम दाखिना नगरेको देखिएककोले बैंक जमानत पेश गर्न वा रोयल्टी रकम समयमै दाखिला गर्न सूचना मार्फत आग्रह गरेको हो।

पर्यटन विभागले समयमै रकम दाखिला नभएको अवस्थामा इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने चेतावनी दिएका छन् ।

विभागले जारी गरेको सूचना अनुसार तारागाउँ रिजेन्सी होटलमा सञ्चालन गरेको प्राइड इन्टरनेशनल, होटल डेला अन्नपूर्णमा सञ्चालन गरिएको एटनान्टिक रिक्रियसन, मल्ल होटलमा सञ्चालीत क्यासिनो बेल्लिज नेपाल, न्यू होटल सिद्धार्थ परिसर नेपालगञ्जमा सञ्चालित ज्याकपट गेमिङ सेन्टर प्रालि, इच्छा होटल सीमरामा सञ्चालित स्माइल कलेक्सन, होटल मेची क्राउन धुलाबारी झापामा सञ्चालीत भेगस रिक्रियसन नेपालले रोयल्टी रकम भुक्तानी गरेका छैनन् ।

यस्तैगरी, होल अलफ्ट ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट, होटल निर्वाण सिद्धार्थनगर भैरहवामा सञ्चालित निर्भाना बक्जरी इन्टरनेशनल, होटल स्टारलाईट नेपालगञ्जमा सञ्चालित भेन्यू रिक्रियसन, होटल नान्स सिद्धार्थनगर भैरहवामा सञ्चालित सिद्धार्थ गेमिङ जोन, कल्पतरु होटल नेपालगञ्जमा सञ्चालित ओम त्रयम्बक्म इन्टरटेनमेन्ट, होटल सीटी प्यालेस नेपालगञ्जमा सञ्चालित सेपियर इन्टरटेनमेन्ट, हिमाल वाटर पार्क एण्ड भिलेज वीरगञ्जमा सञ्चालित गोल्डेन फिङर गेमिङ जोन र स्नेह होटल नेपागञ्जमा सञ्चालित बेलिज इन्टरटेनमेन्ट प्रालिले रोयल्टी रकम भुक्तानी नगरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस