Latest News

जापानका प्रधानमन्त्री आबेलाई गोली हान्ने यामागामीले दिए यस्तो बयान

Nepalese Times July 9, 2022 (1 Year ago)    666 Views

काठमाडौं ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ ।

४१ वर्षीय तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन।

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गो ली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

आफूले घरेलु बन्दुकले गोली हानेको आ क्र म णकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।

जापानको पश्चिमी नगर नारामा एउटा चुनावी अभियानमा सहभागी भइरहँदा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली चलेको भिडिओ फुटेजमा देखिन्छ।

उक्त फुटेजमा सन्दिग्ध बन्दुकधारीलाई सुरक्षाकर्मीहरूले भुइँमा लछारपछार गरिरहेको पनि देखिन्छ। घटनालगत्तै आबेलाई हेलिकप्टरमार्फत्‌ अस्पताल पुर्‍याइएको थियो जहाँ पछि उनको निधन भएको घोषणा गरियो।

अधिकारीहरूका अनुसार उनको दायाँपट्टि गर्दनमा चोट लागेको थियो र त्यो घाउ मुटुसम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस