Latest News

र्‍यापर गायक यमबुद्धको सालिक निर्माण हुने, बालेनले छुट्याए बजेट

Nepalese Times July 9, 2022 (1 Year ago)    512 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले र्‍यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ ।

महानगरपालिकाले संशोधनसहित आज पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्‍याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर  १५ लाख  रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात आज शुक्रबार सर्वसम्मत पास भएको हो ।

यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन ।

नेपाली र्‍याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए । वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस