Latest News

नायिका नीता र हरिहरको जोडीलाई बधाई, यसरी गरे विवाह

Nepalese Times July 8, 2022 (1 Year ago)    471 Views

काठमाडौं ।

नायिका नीता ढुंगाना अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँग विवाह भएको छ ।

उनीहरुबीच काठमाडौंको याक यति होटलमा वैवाहिक समारोह जारी छ । केही समयदेखिको प्रेमलाई पूर्णता दिँदै नीता र हरिहरले विवाह गरेका हुन् ।

उनीहरुको विवाहमा परिवार, आफन्त र साथीभाइ उपस्थित रहेका छन् । वैवाहिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन । चार वर्षअघिदेखि नीता र हरिहरको प्रेम सुरु भएको थियो ।

२०७६ सालको कात्तिकमा विरगञ्जमा भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुने क्रममा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच देखिएको निकटता र एकअर्काप्रतिको केयरिङले उनीहरुको प्रेम चर्चा सुरु भएको थियो ।

त्यसयता उनीहरु प्रेममा रहेको विषय मिडियाको ‘हेडलाइन’ बनिरहे पनि यो जोडीले कहिल्यै प्रेम सम्बन्ध स्वीकार गरेका थिएनन् ।

‘लुकेर लगाएको माया मिठो हुन्छ’ भन्ने सिद्धान्तलाई पछ्याउँदै उनीहरुले मिडियाबाट लुकिछिपी नै प्रेम हुर्काए । यो जोडीले रिसेप्सन पार्टी असार २६ गते याक एन्ड यति होटलमै दिन लागेको जानकारी प्राप्त छ ।

उनीहरुको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन प्रदीप रावत नेपाल आउने चर्चा छ । उनी नीता र हरिहरले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन् । विवाह बन्धनमा बाँधिएको केही महिनामा ‘हनी जोडी’ले आफ्नो ड्रिम प्रोजेक्टको सुटिङ सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस