Latest News

गायिका इन्दिरा जोशीमाथि लाग्यो चोरीको आरोप, यस्तो भिडिओ बाहिरिएपछि खैलाबैला

Nepalese Times July 8, 2022 (1 Year ago)    535 Views

काठमाडौं ।

गायिका इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ ।

अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको भन्दे इन्दिरामाथि चोरीको आरोप लागेको छ ।

एक साताअघि सार्वजनिक इन्दिराको ‘पछ्यौरी’ गीतलाई शुक्रबारसम्म ३ लाख ५१ हजार पटक हेरिएको छ । गीतको भिडियोको परिकल्पना पनि ‘टक डर्टी’बाटै प्रभावित देखिन्छ ।

इन्दिराले ‘टक डर्टी’बाट गीत चोरेको भन्दै सामाजिक सञ्जालमा उनका प्रशंसकहरु उनीविरुद्ध खनिएका छन् । तर इन्दिराले आफ्नो सिर्जनामाथि लागेको आरोपको औपचारिक प्रतिक्रिया जनाइसकेकी छैनन् ।

सन् २०११ को एल्बम डान्स विथ मीबाट सांगीतिक करिअर थालेकी इन्दिरालाई पहिलोपटक सिर्जना चोरीको आरोप लागेको हो ।

कलाको भाषामा ‘प्लेजरिज्म’ भनिने यस्तो कार्यमा यसअघि पनि नेपाली कलाकार मुछिएका छन् ।

जेसन डेरुलाको ‘टक डर्टी’

प्रतिक्रिया दिनुहोस