Latest News

निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन सार्वनिक बिदा !

Nepalese Times July 8, 2022 (1 Year ago)    389 Views

दोहा

कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा दिइने भएको छ । कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि ईद उल फित्रको तीन दिने बिदा घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार श्रम कानूनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानहरूमा कामदारहरूको लागि ईद अल(फित्रमा तीन दिन बिदा दिने निर्णय गरेको हो । कामको अवस्था हेरी इदको बिदामा कामदारलाई काममा लगाउनु पर्ने भएमा श्रम कानूनको दफा ९७४० मा उल्लेखित ओभरटाइम काम र भत्ता सम्बन्धी व्यवस्था लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इद उल फित्रको अवसरमा सबै रोजगारदाता र श्रमिकमा शुभकामना व्यक्त गरेको छ । कतार लगायत खाडी मुलुकहरुमा शनिबार ईदको पहिलो दिन रहेको छ । ईदको अवसरमा दोहास्थित नेपाली दूतावास पनि दुई दिन बन्द रहेन छ ।

बन्द दिनहरूमा अत्यावश्यक काम परेको खण्डमा ३३६९३२९८ मा व्हाट्सएपमार्फत म्यासेज गर्न सकिने दूतावासले जनाएको छ ।
जुलाई १२ तारिख मंगलबारबाट दूतावासको कार्यालय पुन सञ्चालनमा हुने जनाएको छ ।

अहिले कतारमा कानुनी रुपमा ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस