Latest News

कृषि विकास बैंकमा जागिर खुल्यो, हेर्नुहोस् सूचनासहित

Nepalese Times July 8, 2022 (1 Year ago)    483 Views

काठमाडौं ।

कृषि विकास बैंकमा जागिर खुलेको छ । बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल)० र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

बैंकको १५औँ साधारणसभाबाट सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १५औँ साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधरणसभामा वक्ताका रूपमा भाग लिएका सेयरधनीले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रमेशकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्दै सेयरधनीबाट प्राप्त सुझाबलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको बैंकले जनाएको छ ।

बैंकले हाल दुई सय ७९ शाखामार्फत सेवा दिइरहेको र नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस