Latest News

सिसिटिभी फुटेज डिलिट नभएको खुलासा, राजीनामा लगत्तै जनार्दन शर्माले छाडेर गए यस्तो प्रमाण (भिडिओसहित)

Nepalese Times July 6, 2022 (1 Year ago)    450 Views

काठमाडौं । सिसिटिभी फुटेज प्रकरणका कारण जनार्दन शर्माले अर्थमन्त्री पद गुमाए । चौतर्फी विरोध भएसँगै उनली प्रतिनिधिसभ बैठकमा सम्बोधन गर्दै राजीनामा दिए ।

राजीनामा दिएर जाँदादाँदै उनले एउटा प्रमाण भने छाडेर गएका छन् । शर्माले सिसिटिभी फुटेज डिलिट नभएको बताएसँगै नयाँ तरंग सुरु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले सिसिटिभी डिलिट गरेको भनेर भ्रम फैलाएको र आफूले कुनै पनि सिसिटिभी फुटेज डिलिट नगरेको बताए ।

उनले भने, ‘केही दिनअघि सिसिटिभी फुटेज डिलिट भ्रम फैलाइयो, त्यो होइन, कुन सिसिटिभीको क्षमता कति हुन्छ मैले कसरी थाहा पाउँछु ? मैले त्यसको जवाफदेहिता कसरी लिन सक्छु ?’

आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गरे ।

बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उनको दाबी छ । अर्थ मन्त्रालयले केही दिनअघि मात्र सिसिटिभी फुटेज १३ दिनको मात्र रहने बताउँदै जेठ १४ गतेको फुटेज नभएको जनाएको थियो ।

अर्थमन्त्री शर्माले संसदीय छानविन समिति गठन भएकोप्रति आफू सकारात्मक भएको भन्दै एउटा मात्र नभएर आफू हजारौं छानविन समितिको सामना गर्न तयार रहेको बताए । उनले पटक–पटक आफूले गल्ती नगरेको दोहोर्‍याए । छानविन समितिलाई आफूले पूर्ण सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस